८ बिशेष प्रस्ताब पारित गर्दै जनताको बिशेष साधारणसभा सम्पन्न, यस बर्ष आकर्षक बोनस सेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 27, 2017 | 04:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको बिशेष साधारणसभाबाट ८ बिशेष प्रस्ताब पारित भएको छ। बैंकको आज शनिबार बिहान ११ बजे अमृतभोग कालिकास्थानमा सम्पन्न बिशेष साधारणसभाले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सहितको ८ बिशेष प्रस्ताब पारित गरेको हो। 

जनता र त्रिबेणी बिकास बैंक मिलेर बनेको जनता बैंक नेपालले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन र संगसंगै सोहि अनुसार कारोबार बिस्तार गर्नका लागि सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने निर्णय गरिएको जनता बैंक नेपालका अध्यक्ष केशब बहादुर रायमाझीले बिशेष साधारणसभालाई जानकारी गराए। 

हकप्रद मार्फत चुक्ता पुंजी वृद्धि गर्ने बिकल्प हुँदा हुँदै पनि हकप्रद वृद्धिको अनुपातमा कारोबार बिस्तार गर्न नसक्दा सेयरधनिको चाहना अनुसार प्रतिफल दिन समस्या हुन सक्ने भएकाले पुंजी सहित राम्रो व्यवसाय भएको अर्को वित्तीय संस्था गाभ्ने योजना अन्तर्गत नै सिद्दार्थ डेभलपमेन्ट बैंकलाई गाभिएको अध्यक्ष रायमाझीले सभालाई जानकारी गराएका छन। 

६० प्रतिशत हकप्रद बिक्रि प्रस्ताब रद्द गरि सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति गर्दा अहिलेका समकक्षी बाणिज्य बैंकहरुसंग प्रतिष्पर्धा गर्न सहज हुने र बैंकलाई मजबुत बनाउने आधार मिल्ने बैंकका सेयरधनीहरुले सभामा बताए। साथै बैंकको बिशेष साधारणसभाले यस अघि जारि गरिने भनिएको ६० प्रतिशत हकप्रद प्रस्ताब रद्द गरिने प्रस्ताब पारित गरेको छ। 'हकप्रद जारि नगर्ने प्रस्ताबले तत्काललाई नोक्सानी देखिने भएपनि दिर्घकालमा सेयरधनीलाई फाइदा हुने छ' बैंकका अध्यक्ष रायमाझीले बताए। 

अध्यक्ष रायमाझिले बैंकले यस आर्थिक बर्षको कमाईबाट न्युनतम १५ प्रतिशत बोनस सेयर दिनेमा ढुक्क हुन सेयरधनीहरुलाई आग्रह गरेका छन। 'जनता बैंक अब पछाडी फर्किनु पर्ने अवस्थामा छैन, अन्तराष्ट्रिय स्तरको उत्कृष्ट बैंक बनाउन हामिहरु (तत्कालिन त्रिबेणी बिकास बैंकका अध्यक्ष लंक बहादुर केसीलाई देखाउंदै) लागिपरेका छौं, छलफलको प्रक्रियामा छौँ' अध्यक्ष रायमाझिले भने। 

पछिल्लो पटक जनता बैंक भित्र कर्मचारीको आन्दोलन चलेको र यसले बैंकको प्रगतिलाई अवरोध गर्ने जिज्ञासालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष रायमाझिले '३ वटालाई एउटा बनाउँदा यस्तो समस्या आउनु सामान्य हो। मर्जर र एक्विजिसनको ठुलो चुनौती र अवरोध भनेको नै कर्मचारी व्यवस्थापन हो' भने। जनता बैंकलाई पछी फर्किनु पर्ने गरि आफुले कुनै नचाहिँदो सम्झौता नगर्ने बताउदै अध्यक्ष रायमाझिले बैंकलाई मिलेर  उत्कृष्ट बैंक बनाउन तर्फ लाग्न आग्रह गरे। 


यस्ता छन् जनता बैंकको बिशेष साधारणसभाबाट पारित बिशेष प्रस्ताब 

१। जनता बैंक नेपाल लिमिटेडले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्त गर्ने सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित 

२। सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल, अचल सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन (डीडीए) को आधारआ निर्धारण गरिएको १ बराबर १ सेयर आदान प्रदान अनुपात पारित 

३। सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राती गर्ने प्रयोजनका लागि गठित संयुक्त प्राप्ति समितिबाट नियुक्त सम्पति, दायित्व तथा कारोबारको मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताब पारित 

४। प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट मिति २०७४ बैशाख २१ गते सैद्वान्तिक सहमति प्राप्त भैसकेको सन्दर्भमा प्राप्ति सम्बन्धमा गरिएको सम्झौताहरु लगायत सोसँग सम्बन्धित संयुक्त प्राप्ति समिति तथा बैंक संचालक समितिले गरेका सम्पूर्ण निर्णय अनुमोदन गर्ने प्रस्ताब पारित 

५। प्राप्ति सम्बन्धमा गर्नु पर्ने आवश्यक सबै कामहरु गर्ने गराउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताब पारित 

६। सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरिसकेपछी वृद्धि हुने पुंजीको हदसम्म बैंकको जारी तथा चुक्ता पुंजी वृद्धि गर्ने लगायत प्राप्तिको कारणले बैंकको प्रबन्धपत्र तथा नियमावलीको दफाहरू नियमहरुमा आवश्यक संशोधन-थप घट गर्ने तथा नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिने अख्तियारी संचालक समितिलाई प्रादान गर्ने प्रस्ताब पारित 

७। सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति गरिसकेपछि नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संसोधन गर्न कुनै निर्देशन दिएमा सो समेत मिलाई संशोधन गर्न र प्राप्ति सम्बन्धमा गर्नु पर्ने अन्य आवश्यक कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताब पारित 

८। सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति गरिसकेपछि २०७४ असार मसान्तमा राष्ट्र बैंकको निर्देशन बमोजिमको बैंकको चुक्ता पुंजी पुग्ने हुनाले बैंकको सातौँ बार्षिक साधारणसभाबाट पारित हकप्रदको निर्णय अगाडी नबढाउने प्रस्ताब पारित    

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved