सेन्चुरी बैंकले सेती फाइनान्स पनि किन्यो, ५ संस्था प्राप्ति पश्चात सहजै ८ अर्ब चुक्ता पुंजी पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 30, 2017 | 01:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले ८ अर्ब चुक्ता पुंजी पुर्याउन सेती फाइनान्सलाई किन्ने भएको छ। यस अघि ३ बिकास बैंक र एक फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको सेन्चुरीले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब तोकिएको समयमै पुर्याउन सेती फाइनान्सलाई पनि किन्ने निर्णय गरेको हो।

बाणिज्य बैंकहरुमै कान्छो बैंकको रुपमा संचालनमा आएको सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटीब र अरनिकोको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि  एकीकृत कारोबार थालेको छ। बैंकले दुवै बिकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पुंजीबाट ४० प्रतिशत हकप्रद जारि गर्ने प्रक्रियामा रहेको छ। त्यस्तै अल्पाइन डेभलपमेन्ट डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता समेत गरि सकेको छ।  

४० प्रतिशत हकप्रद बिक्रि र सगरमाथा फाइनान्स तथा अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्त गरेपछी कायम हुन आउने पुंजीमा यस आर्थिक बर्षको कमाइबाट न्युनतम ९ प्रतिशत बोनस सेयर वितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने अवस्थामा समेत बैंकले सेती फाइनान्सलाई प्राप्ति गर्न लागेको हो।

हाल सेन्चुरी बैंकको चुक्ता पुंजी ३ अर्ब ६९ करोड रुपैँया चुक्तापूँजी रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ३१ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै चुक्ता पुंजी ५० करोड पुर्याउन पटक पटक हकप्रद बिक्रिको सहारा लिएको सेती फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४८ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको छ। फाइनान्सको गत चैत ३० मा बसेको साधारणसभाले १५० प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताब पारित गरेको छ। १५० प्रतिशत हकप्रद बिक्रि पश्चात फाइनान्सको चुक्ता पुंजी ४१ करोड ९ लाख माथि पुग्ने छ। सेन्चुरीमा गाभिने सम्झौतासंगै सेती फाइनान्सको सेयर कारोबार रोक्का गरिएको छ। 

यो पनि:

राष्ट्र बैंकको मिसन ८ अर्बको परीक्षामा २८ बाणिज्य बैंकहरु सफल, यसरि पुग्ने छ तोकिएको चुक्ता पुंजी (रिपोर्ट)

 


 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved