सिन्धु विकास बैंकद्धारा बिधार्थी तथा भुकम्प पिडितका लागि बित्तिय साक्षरता अभियान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 30, 2017 | 01:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको पहिलो बिकास बैंकको रुपमा स्थापना भएको सिन्धु बिकास बैंक खाडीचौर शाखाले त्यहाँ स्थित बिभिन्न बिधालयका बिधार्थीहरु तथा भुकम्प पिडितहरुको लागी  बित्तिय साक्षरता अभियान संचालन गरेको छ। 

बैंकले सिन्धुपाल्चोकको लिसंख्खु गाँउपालीका र सुनकोशी गाँउपालीका स्थीत बिभिन्न बिधालयका बिधार्थीहरु तथा भुकम्प पिडितहरुको लागी  बित्तिय साक्षरता अभियान अन्तर्गत “सुनौलो भविष्यको लागी बचत” भन्ने नाराका साथ बित्तिय साक्षरता अभियान संचालन गरेको हो।

यस कार्यक्रममा ठोकर्पा माध्यमिक बिधालय, संसारी माध्यमिक बिधालय र बागभैरव माध्यमिक बिधालयका करिब ३०० बिधार्थीहरु तथा करिब २०० भुकम्प पिडितहरुले सहभागीता जनाएका छन ।

उक्त कार्यक्रममा खाडीचौर शाखाका शाखा प्रमुख रतन प्रधानले प्रत्यक्ष रुपमा बैंकिङ पहुचले हुने फाईदा तथा बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धी जानकारी दिए । बैंकले आगामी दिनहरुमा पनि आफ्नो कार्य क्षेत्र भित्र बैंकिङ पहुच नभएका ग्रामिण भेगहरुमा गई यस किसिमको कार्यक्रमहरु संचालन गर्ने जनाएको छ। 

०६७ ,भाद्र २२ बाट कारोबार संचालन गरेको यस बैंकको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल र चरिकोट गरी ९ वटा शाखाहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। त्यस्तै बैंकले  सुकुटे र सिपाघाट सिमिति बैंकिङ इकाईहरु गरी ११ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved