सिद्दार्थ डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्षद्वारा पद तथा गोपनीयताको सपथ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 30, 2017 | 04:30:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष राम बहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष आज पद तथा गोपनीयताको सपथ लिई पदिय जिम्मेवारी सम्हालेका छन। 

बैंक तथा वित्तीय संस्था सम्बन्धि, बाफिया ऐन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफु निर्वाचित भए पश्चात तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने ब्यवस्था बमोजिम अध्यक्ष भण्डारीले विशेष समारोहमा सपथ लिएका हुन।

बैंकको जेठ १२ मा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष भण्डारीका साथै सञ्चालकहरु रतन लाल अग्रवाल, उद्धव चन्द्र गौतम संस्थापक समुहबाट र अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. सर्वसाधारण समुहबाट गरी जम्मा ६ सदस्यीय सञ्चालक समितिको निर्वाचन गरेको हो । सोहि सञ्चालक समिति सदस्यहरुले आफु मध्येबाट निवर्तमान अध्यक्ष भण्डारीलाई नै सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved