ज्योति विकास बैंकको ३ नयाँ शाखा संचालनमा, राप्तिलाई प्राप्ति पश्चात शाखा संख्या ३७ पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 10:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले कारोबार क्षेत्र बिस्तार गर्ने क्रममा एकै पटक ३ नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले पुर्वी नेपाल सुनसरिको झुम्का, दाङ्गको घोराही र सुर्खेतमा गरि ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको जनाएको छ।

३० औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको मोरङको झुम्का शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्तरुपमा गरे। 

३१ औ शाखा कार्यालय रुपमा संचालनमा ल्याइएको सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे। 

यता ३२ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको दाङ्गको घोराही शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरे।     

शाखा कार्यालयको उद्घाटन समारोहको अध्यक्षता बैंकका निर्देशकहरु गोकर्ण खतिवडा, जगदिश्वर प्रसाद अधिकारी र नारायण प्रसाद पौडेलले गरे। त्यस्तै झुम्का शाखाको उदघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुंवर तथा संचालक छत्रमान श्रेष्ठको उपस्तिथी रह्यो।   उद्घाटन कार्यक्रहरुमा स्थानिय उद्योगी, व्यबसायी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिती समेत रहेको थियो ।


एकै पटक ३ नयाँ शाखा संचालनमा ल्याएसंगै बैंकको कुल शाखा संख्या ३२ पुगेको छ। राष्ट्रिय स्तरको ज्योति बिकास बैंकले हाल ३२ शाखा कार्यालय, एक एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

ज्योति बिकास बैंकले प्राप्ति गर्ने प्रक्रियामा रहेको राप्ति भेरी बिकास बैंकको औपचारिकता पूरा भएपछी थप ५ वटा शाखा समेत गरि ज्योती बिकाश बैंकको कुल ३७ वटा शाखा कार्यालय हुने जनाइएको छ।

हाल ज्योति विकास बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १९ करोड २७ लाख खुद मुनाफा आर्जन गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved