जनता बैंकले निक्षेपमा १३ प्रतिशत ब्याज दिने, यस्ता छन् सिमित अवधिकालागि ल्याइएको स्किमका बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 01, 2017 | 04:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले आकर्षक ब्याजदरमा निक्षेप आब्हान गरेको छ। न्युनतम ७५ दिनदेखि एक बर्षसम्मको अवधिका लागि मुद्धति खाताहरुमा १३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ। 

निर्वाचन लगत्तै बैंकिङ प्रणालीमा भारि मात्रामा पैसा आउने र बैंकहरुमा देखिएको लगानी योग्य रकमको अभाब कम हुँदै जाने अपेक्षा गरिएको थियो। तर जनता बैंकले १३ प्रतिशत ब्याजदरमा निक्षेप आब्हान गर्नुले बजारमा रहेको सिमित पैसा तान्ने होडबाजी कायम नै रहेको र तत्काल ब्याजदर नघट्ने संकेत गरेको छ। 

बैंकहरुबीच अश्वस्थ प्रतिस्पर्धा भएको भन्दै यस अघि बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अनिल शाहले १२ प्रतिशत भन्दा बढी ब्याज नदिने प्रस्ताब ल्याएका थिए तर त्यो प्रभाबकारी बन्न सकेको छैन । 


जनता बैंकले भने १३ प्रतिशत ब्याजदरमा निक्षेप आब्हान गरि बजारमा रहेको सिमित पैसा तान्ने प्रतिस्पर्धामा खरो उत्रिएको छ। यद्दपी अहिले संस्थागत निक्षेपकर्तालाई बैंकहरुले उपलब्ध गराउदै आएको १४ प्रतिशतसम्मको ब्याजदरलाई प्रतिस्थापन गरि सर्वसाधारणबाट नै बढी निक्षेप ल्याउने योजना अनुसार १३ प्रतिशतमा निक्षेप आब्हान गरिएको जनता बैंकले जनाएको छ। 

निक्षेपमा १३ प्रतिशत ब्याज दिने गरि ल्याईएको यो स्किम सिमित अवधिका लागि मात्र भएको बैंकले बिजपाटीलाई जानकारी दिएको छ। सिमित अवधिका ल्याइएको यो स्किम व्यक्तिका लागि मात्र भएको जनाइएको छ। 

बैंकहरुले निक्षेपमा ब्याजदर बढाउंदै लाग्दा निक्षेपकर्तालाई लाभ हुने देखिएपनि ऋण लिएर कारोबार गर्ने ब्यापारी ,व्यसायीलाई भने नकारात्मक प्रभाब परेको छ। 

कल अकाउन्टमा ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न राष्ट्र बैंकले बचत खातामा ब्याजदर बढाउँन गरेको निर्देशनमा बैंकहरुले ब्याजदर ९ प्रतिशतसम्म पुर्याएका छन। त्यस्तै बैंकहरुले संस्थागत निक्षेपकर्तालाई यस अघि नै करिब १४ प्रतिशत ब्याज दिदै आएका छन।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved