निजि क्षेत्रतर्फको लगानीमा बैंकहरुको कर्जा १७ प्रतिशतले बढ्यो, कुन शिर्षकमा कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 09:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुको निजि क्षेत्र तर्फको लगानीमा गरिएको कर्जा १६ दशमलब ६० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागले चालु आर्थिक वर्ष २०७४ को प्रथम दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजकिन गर्दै निजि क्षेत्र तर्फको कर्जा अघिल्लो बर्षको सोहि अवधिको तुलनामा शुन्य दशमलब ४ प्रतिशतले बढेको वताएको छ। अघिल्लो वर्षको यस अवधिमा निजि क्षेत्र तर्फको कर्जा प्रवाह १६ दशमलब २० प्रतिशत रहेको थियो।

निजि क्षेत्र तर्फ प्रवाह गरिएको कुल कर्जा मध्य बाणिज्य बैंकहरुको १९ दशमलब ७० प्रतिशत, बिकास बैंकहरुको २ दशमलब ५० प्रतिशत, बित्त कम्पनीहरुको १ दशमलब ७० प्रतिशत रहेको छ।

वार्षिक बिन्दुगत आधारमा २०७४ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा २४.१ प्रतिशतले बढेको छ । २०७३ बैशाख मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३.८ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा १६.८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.१ प्रतिशतले बढेको छ ।

 २०७४ बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.५ प्रतिशत र १४.२ प्रतिशत रहेको थियो । 

२०७४ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जाको ४२.२ प्रतिशत ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा रियल स्टेट तथा हायर पर्चेजतर्फ रहेको छ । साथै यी क्षेत्रहरुमा रहेको कर्जा २०७३ बैशाखको तुलनामा २९।२ प्रतिशतले बढेको छ ।

 २०७४ बैशाख मसान्तमा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा (एसएमई लोन)  कुल लगानीमा रहेको कर्जाको २.७ प्रतिशत (रु. ४४ अर्ब १५ करोड) छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा १.९ प्रतिशत (रु. १ अर्ब ३८करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २७ प्रतिशतले बढेको थियो ।


पुनरकर्जा र उत्पादनशील कर्जा

उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. १२ अर्ब ८ करोड ८० लाख र निर्यात कर्जा रु. ७२ करोड ६० लाख गरी कुल रु.१२ अर्ब ८१ करोड ४० लाख पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु. ४ अर्ब ५७ करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब १७ करोड गरी जम्मा रु. ५ अर्ब ७४ करोड पुनरकर्जाको उपयोग भएको थियो ।

भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ बैशाख मसान्तसम्म कुल रु. ६७ करोड ५० लाख २५ हजार कर्जा प्रदान भएको छ ।

वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७४ बैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १७.३ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved