जनता बैंकको प्रमुख कार्यकारीमा परशुराम कुँवर क्षेत्री नियुक्त, यस्तो छ उनको बैंकिङ अनुभब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 11:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको प्रमुख कार्यकारीमा परशुराम कुमार क्षेत्री नियुक्त भएका छन। आज बसेको संचालक समितिको बैठकले क्षेत्रलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको जनाइएको छ। 

बिजपाटी प्राप्त जानकारी अनुसार जनता बैंक नेपालको प्रमुख कार्यकारीको पदबाट कुमार लम्सालले बुधबारनै राजिनामा दिएका छन। ४ वर्षको कार्यकाल रहेपनि लम्सालले व्यक्तिगत कारण देखाएर पदबाट २ बर्षको अवधिमा नै राजिनामा दिएका हुन। यद्दपी उनि अमेरिका जाने भएकाले राजीनामा दिएको बुझिएको छ।

खराब अवस्थाबाट गुज्रिएको जनता बैंकलाई सहि मार्गमा ल्याउने र  वित्तीय रुपमा सफल बनाउन लम्सालको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यस्तै त्रिबेणी विकास बैंक र सिद्दार्थ डेभलपमेन्ट बैंकसंगको सफल मर्जर पनि उनको योगदानमा जोडिएको छ।      

ठुलो पोर्टफोलियोको बाणिज्य बैंक बन्ने बाटोमा अघि बढेको जनता बैंकको नेतृत्त्व अब परशुराम कुमार क्षेत्रीले सम्हाल्ने छन। त्रिबेणी विकास बैंकसंगको मर्जर पछि बनेको जनता बैंक सिद्दार्थ डेभलपमेन्टलाई गाभ्ने प्रक्रियामा रहेको छ। 

नवनियुक्त जनता बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले नेपालको इतिहासमै पहिलो पटक कमर्शियल बैंकलाई सफल रुपमा मर्ज गराएका थिए। बैंक अफ एसिया र एनआईसी बैंकलाई मर्जर गराई आजको सफल एनआईसी एसिया बैंक बनाउनुमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ।

तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका कुशल नेतृत्त्व क्षमता भएका क्षेत्रीले जनता बैंकलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ। उनीसंग नेपाल बैंक, स्ट्यान्डर्ड चार्टड बैंक , सिटिजन बैंक लगायतका संस्थाहरुमा विभिन्न पदमा रहेर काम गरेको अनुभब रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved