माछापुच्छ्रे बैंकद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 08:13:00 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जेष्ठ २७ गते  धनकुटाको हिलेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो। 

नेपाल रेडक्रस सोसाईटी धनकुटासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरे। हिले शाखाका शाखा प्रबन्धक रमेश अधिकारीले उक्त कार्यक्रममा संकलन गरीएको ५२ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटीको धरान स्थित बल्ड बैंकलाई हस्तान्तरण गरे।

बैकले पुर्वमा बिर्तामोड देखि पश्चिममा धनगढी साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना शाखाहरु स्थापना गरी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैकले दैनिक बैकिङ्ग कारोबार संचालनमा विश्व मै उत्कृष्ट मानिने Banking Software, Globus को प्रयोगबाट ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।   

हाल बैंकको ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको छ। चैत मसान्तसम्म बैंकले ५८ अर्ब ४ करोड निक्षेप संकलन गरि ५३ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले १ अर्ब ५१ लाख खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved