आज ग्लोबल आइएमई बैंकको बिशेष साधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 11:12:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले सार्वजनिक निष्काशनको क्रममा आस्वा प्रणाली मार्फत आबेदन दिने सुविधा निशुल्क दिने भएको छ। बैंकका ग्राहकहरुले   सबै शाखाबाट आइपिओ तथा एफपिओमा आस्वा प्रणाली मार्फत आबेदन दिंदा निशुल्क सेवा पाउने छन।  

सार्वजनिक निष्काशनको क्रममा आस्वा प्रणाली मार्फत आबेदन दिंदा सेवा शुल्क लाग्ने गरेकोमा ग्लोबल आइएमई बैंकसहित केहीले निशुल्क गरेका छन्। यसरी आवेदन दिएपछि सेयर नपरेको रकम खातामै फूकुवा हुन्छ। सेयर परेको रकम सम्बद्ध बिक्री प्रवन्धकले बैंकको खातामार्फत नै लिने गर्दछ।    

ग्लोबल बैंकका सबै ९५ शाखाहरुबाट यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ। साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन् ।

देशभरबाट सजिलै सेयरमा आबेदन दिन सकिने, कसरि चल्छ आस्वा प्रणाली ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved