मनास्लु बैङ्क ओममा गाभियो, ३० प्रतिशत हकप्रद पाइपलाइनमा

रासस

रासस

Jun 16, 2017 | 08:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मोहसिन अलि मियाँ/बिजपाटी 


मनास्लु बिकास र ओम डेभलपमेन्ट आज बाट गाभिएका छन् । गोरखामा केन्द्रिय कार्यालय रहेको सञ्चालनमा रहेको मनास्लु बिकास बैंक र पोखरामा केन्द्रिय कार्यालय रहेको ओंम डेभलपमेन्ट बैंक बिच मर्ज भएको हो ।

‘मर्जर आजको आवश्यता र बाध्यता दुबै हो, शेयर सदस्य र कर्मचारीको हितका लागि हामी यो कदम चालेका हौं’ मनास्लु बिकास बैङ्कका अध्यक्ष बिजय मल्लले भने ।राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्कले उक्त कदम चालेको भन्दै मल्लले यस बाट हतास नहुन कर्मचारीहरुलाई आग्रह गरे ।‘यो कदमले तपाइँलाई काम गर्न कुनै समस्या हुँदैन, मनोबल उच्च बनाएर काम गर्नुस’ मर्ज पछि झैन कर्मचारीका लागि अबसरको ढोका खुलेको उनको तर्क छ । मनास्लु बिकास बैङ्कलाई मायाँ गर्ने सेवाग्राही पनि बेखुसी हुुनु पर्ने कुनै कारण नभएको मल्लको तर्क छ ।‘हामी एक्लै हुँदा हामी सँग पुँजी पनि थोरै थियो काम गर्ने सिमितताहरु थिए, अब लगानीका क्षेत्रहरु समेत बढेर जान्छन्’ मल्लले भने ।

सोही अनुरुप राम्रो स्टाटस भएको बैंक सँग मर्ज गरिएको भन्दै सबैलाई ढुक्क भएर कारोबार गर्न उनको आग्रह छ । बिहीबार भएको सम्मान तथा बिदाई कार्यक्रममा हालका सञ्चालक समिति र पूर्व संञ्चालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरु र कर्मचारीहरुलर्य दोसल्लाह, माला र सम्मान पत्र दिएर अध्यक्ष मल्लले सम्मान गरेका थिए ।

बैंकले बिहीबार बसेको ९९ औं बैठकले अध्यक्ष मल्ललाई ओंम डेभलपमेन्ट बैंकको कार्य समिति सदस्यमा पठाउने निर्णय समेत गरेको छ ।दुवै बैंक मर्जर भए पछि बैंकको पूजी १ अर्ब ६६ करोड भएको छ भने बचत १५ अर्ब ४० करोड र कर्जा १३ अर्ब ८० करोड भएको कार्यक्रममा जानकारी गराईएको थियो । बैंकको ग्राहक संख्या भने २ लाख पुगेको बैंकले जानकारी दिएको छ ।

त्यस्तै 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन मर्जर पश्चात बन्ने ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। ३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात चुक्ता पुंजी २ अर्ब १४ करोड हाराहारी पुग्ने छ। बाँकि पुंजी बैंकले यस आर्थिक बर्षको कमाई र जगेडा कोष रकमबाट बोनस वितरण गरि पुर्याउन सक्ने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved