मोहम्मद अज्मत अलि     Jun 20, 2017 | 02:26:35 PM


ruslan

नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनसीसीको सेयर कारोबार मंगलबारदेखि फुकुवा गरिएको छ। एनसिसि बैंक व्यवस्थापनको आग्रहमा सेयर कारोबार फुकुवा गरिएको नेपाल स्टक एक्सचेन्ज, नेप्सेले जनाएको छ। 

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले अदालतको आदेश अनुसार सेयर छुट्याउन नसक्ने व्यहोरा नेप्सेमा अवगत गराएकाले नेप्से व्यवस्थापनको निर्णयबाट सेयर कारोबार खुला गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका छन। 

प्रवक्ता पराजुलीका अनुसार अदालतको आदेश अनुसार सिडिएससीले एपेक्सको सेयर एनसीसीबाट छुट्याउन असम्भब भएको बताएपछी बैंकको आग्रहमा नै सेयर कारोबार फुकुवा गरिएको हो।   

यस अघि खराब कर्जाले संकटग्रस्त एपेक्स डेभलपमेन्ट बैंकका कारण एनसीसीको वित्तीय अवस्था खराब देखिएको भन्दै उच्च अदालत पाटनले बैंकको सेयर कारोबार रोक्का गर्न दिएको निर्देशन अनुसार सेयर कारोबार रोक्का गरिएको थियो।

अदालतको आदेश अब के होला ? 

पाटन अदालतले एनसीसी बैंकमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्न बैंकलाई आदेश दिएको थियो। सोहि आदेश अनुसार एनसीसीले नेप्सेलाई पत्र लेखेर एपेक्स डेभलपमेन्ट बैंकको सेयर कारोबार रोकी दिन आग्रह गरेको थियो। मर्जरपछि एकिकृत कारोबार समेत गरिसकेकाले एपेक्सको मात्रै सेयर कारोबार रोक्न नसकिने भन्दै नेप्सेले एनसीसी बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको थियो।  

नेप्सेका अनुसार अदालतले बैंकलाई आदेश दिएको र बैंकको आग्रहमा नै यस अघि सेयर कारोबार रोक्का गरिएको हो। अहिलेपनि बैंक व्यवस्थापनको आग्रहमा नै सेयर कारोबार फुकुवा गरिएको हो। 'अदालतको आदेशसंग नेप्सेको कुनै सरोकार नै छैन, नेप्सेले अदालतको आदेशको अवज्ञा भयो गर्यो भन्न मिल्दैन' प्रवक्ता पराजुलीले भने। 

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7