मुक्तिनाथ बिकास बैंकद्वारा मृतकको परिवारलाई १ लाख बिमा भुक्तानी, ६५००० कर्जा मिनाहा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 07:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारको परिवारलाई जम्मा १०६,५०० रुपैयाँ बितरण गरेको छ।मृतक परियारले मुक्तिनाथ मुक्तिनाथ बिकास बैंक मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो जिबन बिमा गराएको र बैंकबाट १५०,००० कर्जा समेत लिएको बैंकले जनाएको छ ।   

उनको ५५ बर्षको उमेरमा मृत्यु भएकोले निजको हकवाला छोरा मनबहादुर दर्जीलाइ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मृत्युदावी भुक्तानी स्वरुप रु १००,००० बिमांक र बोनस रु ६५०० गरि जम्मा रु १०६,५०० रुपैया राहत स्थानिय र निजको आफन्तहरुको उपस्थितीमा बितरण गरिएको थियो। बैंकले बैंकको तिर्न बाँकी रहेको कर्जा रु ६५,००० मिनाहा गरि दिएको थियो ।

उक्त कार्यक्रममा बैंक अनुगमन कार्यालय पोखराको अनुगमन अधिकृत मुकेश बिक्रम वस्ती र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय वालीङका शाखा प्रबन्धक भोज कुमार कुवरले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

बैंकले नेपालका उत्कृष्ठ बिमा कम्पनीहरुसंगको सहकार्यमा आफ्ना लघुवित्तका ग्राहकहरुलाई जिबन बिमा प्रति आकर्षित गराइ बिमा गराउँदै आएको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved