आइतबारदेखि मल्टिपल क्लियरिङ बैंक मार्फत राफसाफ हुने, आगामी सार्वजनिक निष्काशनमा ‘सेन्ट्रलाइज आश्वा’ लागु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 30, 2017 | 08:51:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारदेखि पछिल्लो समय थपिएका तीन क्लियरिङ बैंकले सेवा सुरु गर्ने भएका छन। थपिएका तीन क्लियरिङ बैंकले आइतबारदेखि भएका कारोबारको राफसाफ नेट सेटलमेन्ट प्रणाली मार्फत गर्ने केन्द्रिय निक्षेप प्रणाली सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

सिडीएससीलका अनुसार आइतबारदेखि इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमइ बैंक र प्रभु बैंकले क्लियरिङ बैंकको रुपमा काम गर्ने छन। राफसाफ बैंकमध्य नेपाल ईन्भेष्टमेन्ट बैंकले मुख्य बैंकको रुपमा काम गर्ने सीडीएससीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।

आइतबारदेखि राफसाफ तथा फछ्र्यौट मल्टीपल क्लियरिङ बैंक मार्फत हुने छ।  क्लियरिङ बैंक थपिएपछि राफसाफ तिब्र गतिमा हुने सिडीएससीलको अपेक्षा रहेको छ। सिडीएससीलले "मल्टिपल क्लियरिङ बैंक" मार्फत "नेट सेटलमेन्ट" प्रणाली नेपालको पूँजी बजारको लागि कोशे ढुंगा साबित हुने बिश्वास गरेको छ। यस अघि ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको थियो।

यस अघि एउटा बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएकोमा अब मल्टीपल क्लियरिङ बैंक मार्फत हुने राफसाफका कारण लगानीकर्ताले सहजै भुक्तानी पाउने छन।   

त्यस्तै 

प्राथमिक सेयर निष्काशनलाई सहज बनाउन तयार गरिएको ‘सेन्ट्रलाइज आश्वा’ सफ्टवेयर समेत आगामी निष्कासनबाट प्रयोग गर्ने सीडीएससीले जानकारी दिएको छ ।

'धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ (दोस्रो संशोधन, २०७४ सहित) अनुसार निष्काशन तथा बिक्री प्रबन्धक र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक जाँच बुझ तथा हितग्राही खाता रुजु गर्न नयाँ सफ्टवेयर तयार गरेको छ ।' बिज्ञप्तीमा उल्लेख छ।

सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न सम्बन्धित निकायहरूलाई एकै स्थानबाट केन्द्रिकृत रुपमा निष्काशन सम्बन्धि आवश्यक सेवा दिने उदेश्यले सिडीएससीलले आस्वा नामक सफ्टवेयर तयार गरेको जनाएको छ। आगामी सार्वजनिक निष्काशनहरुमा यस सफ्टवेयरबाट रुजु गर्ने तथा केन्द्रीकृत रुपमा निष्काशन सम्बन्धी आवश्यक सेवाप्रदान गर्ने गरी लागू गरिने बताइएको छ।

सिडीएससीलका अनुसार सार्वजनिक निष्काशनको क्रममा एक जना आवेदकले एक पटक मात्र आबेदन दिन मिल्ने गरि सिस्टम तयार गरिएको छ। कुनै लगानीकर्ताले दोहोर्याएर आबेदन दिन खोजे उसको आबेदन स्वत रद्द हुने सिस्टम तयार गरिएको छ। सफ्टवेयरमा पहिलेनै आवेदकको तीनपुस्ते, डिम्याट खाता नम्बर, बैंक खाता नम्बर र नागरिकता नम्बर हुने भएकोले दोहोर्याएर आवेदन दिन सम्भव नहुने सीडीएससीको दाबि छ।

साथै सिडिएससिले हितग्राहीहरुको सुविधाका लागि मेरो सेयर नामक सफ्टवेयर मार्फत् अनलाइन सेवाप्रदान गर्दै आएको छ । उक्तअनलाइन सेवाप्रयोग गर्ने हितग्राहीहरुको संख्या ३७ हजार पुगेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved