माछापुच्छ्रे बैंक सल्यान शाखाद्वारा बृहत निशुल्क स्वास्थ्य शिविर

रासस

रासस

Jul 02, 2017 | 09:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank


माछापुच्छ्रे बैंक सल्यान शाखाले बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा  बृहत निःशुल्क स्वास्थ्य  शिविर सम्पन्न गरेको हो। 

असार १७ गते सम्पन्न स्वास्थ्य शिविर मार्फत ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँचलाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको बैंकले जनाएको छ। उक्त कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको हो। 

कले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ। साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाईएको छ।

Displaying 20170701_121540.jpg

पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको बैंकले कुल ५६ शाखा संख्या, १ एक्स्टेन्सन काउण्टर र ७३ एटिएमको  मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ८७ करोड रहेको छ। बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा ५८ अर्ब ४८ लाख निक्षेप संकलन गरि ५३ अर्ब ५८ लाख कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved