महालक्ष्मी र यती मिलेर बन्यो देशकै ठुलो बिकास बैंक, एकीकृत कारोबार सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 12:57:56 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी र यति डेभलपमेन्ट एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंकले आइतबारबाट एकीकृत कारोबार थालेको छ। दुई बिकास बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार थालेसंगै महालक्ष्मी विकास बैंक २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्याउने पहिलो विकास बैंक बनेको छ।

राष्ट्रिय स्तरको विकास बैंकका लागि नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने पहिलो विकास बैंक बनेको महालक्ष्मी विकास बैंकको एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच समुद्घाटन गरे।

महालक्ष्मी बिकास बैंकको चुक्ता पुंजी २ अर्ब ६३ करोड पुगेको छ भने शाखा संख्या ६५ पुगेको छ।त्यस्तै निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड, संचालन मुनाफा ६८ करोड, एटिएम संख्या ३६ पुगेको छ।      

बैंकको अध्यक्षमा राजेश उपाध्याय मनोनित तथा प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका छन्। बैंकले आफ्ना ग्राहकहरुलाई ए.बि.बि.एस., मोवाईल बैकिंग, एस.एम.एस, सेफ डिजोजिट भल्ट (लकर) तथा ए.टि.एम. सेवा उपलव्ध गरांउदै आएको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved