यसरि पुर्याउंदै छ सिद्दार्थ बैंकले चुक्ता पुंजी ८ अर्ब, १० प्रतिशत हकप्रद प्रस्ताब पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 09:50:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले पुन: १० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। आइतबार थापाथली स्थित ट्रेडसेन्टरमा डाकिएको बिशेष साधारणसभाले हाल बिक्रि गरिरहेको ३० प्रतिशत हकप्रदपछि कायम चुक्ता पुंजीको १० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। 

३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात सिद्दार्थ बैंकको चुक्ता पुंजी ६ अर्ब ८२ करोड पुग्ने छ। ३० प्रतिशत हकप्रद बिक्रि पश्चात कायम चुक्ता पुंजीमा १० प्रतिशत हकप्रद बिक्रि गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब ५० करोड २० लाख पुग्ने छ। 

बैंकले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ। यसका लागि बैंकले चालु आर्थिक बर्षको कमाईबाट बोनस सेयर वितरण मार्फत सहजै चुक्ता पुंजी पुर्याउन सक्ने छ।  

बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटिएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved