ग्लोबलमा रिलायबललाई गाभ्ने प्रस्ताब राष्ट्र बैंकबाट स्वीकृत, बन्यो ८ अर्ब पुर्याउने चौथो बाणिज्य बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 01:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ। बैंकले रिलायबललाई प्राप्त गरि यहि असार २५ देखि एकीकृत कारोबार थाल्ने जनाएको छ। 

प्राप्ति पश्चात बैंकले ग्लोबल आइएमई बैंकको नामबाट नै एकीकृत कारोबार गर्ने जनाइएको छ। ग्लोबलले ८२ दशमलब ९० प्रतिशत स्वाप अनुपातमा रिलायबललाई प्राप्ति गरेको हो। रिलायबलका सेयरधनीहरुले १ सय कित्ता बराबर ग्लोबल आइएमईको ८२ दशमलब ९० कित्ता सेयर पौने छन। 

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। रिलायबललाई प्राप्ति पश्चात ग्लोबलको चुक्ता पुंजी ८ अर्ब ८ करोड पुग्ने छ। यस संगै ग्लोबल आइएमई बैंक नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने चौथो बाणिज्य बन्न सफल भएको छ। यस अघि राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकले ८ अर्ब चुक्ता पुंजी पुर्याई सकेकाछन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved