विकास बैंकलाई पनि बाणिज्य बैंक सरह नै स्थानीय तहमा पुर्याउन आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 10:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक समक्ष बिकास बैंकलाई पनि बाणिज्य बैंक सरह नै स्थानीय तहमा पुर्याउन आग्रह गरिएको छ। बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष तथा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले एक कार्यक्रम मार्फत राष्ट्र बैंक समक्ष यस्तो आग्रह गरेका हुन। 

गरिमा बिकास बैंकले काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले सरकारको कारोबार गर्न खुला नीति आवश्यक रहेको बताउदै बिकास बैंकहरुलाई पनि स्थानीय तहमा पुगी सरकारको काम गर्ने जिम्मेवारी दिन राष्ट्र बैंकको ध्यानाकर्षण गराए।   

नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ढकालले बिकास बैंकहरु पनि स्थानीय तहमा पुगी बैंकिङ सेवा दिन सक्षम रहेको स्मरण गराउदै सरकारको काम गर्ने अवसरबाट बिकास बैंकलाई बन्चित गर्न नहुने बताए।

सरकारले बजेट मार्फत नै बाणिज्य बैंकलाई हरेक स्थानीय तहममा पुग्नु पर्ने व्यवस्था गरेको प्रति असन्तुष्टि देखाउदै ढकालले बैंक र बिकास बैंक विभेद गर्न नहुने बताए।'सरकारले यस्तो निर्णय ल्याउनु नै थियो भने पहिले देखि नै त्यहि अनुसारको व्यवस्था किन नगरेको हो ?' उनले प्रश्न गरे। 

 सरकारको निर्णय अनुसार प्रत्येक स्थानीय तहमा बाणिज्य बैंक खोल्नु पर्ने छ। देशभर हाल कायम ७४४ स्थानीय तह मध्य ४१२ तहमा बाणिज्य बैंक पुग्न सकेका छैनन्। अब बाणिज्य बैंकहरु ती तहमा पुग्नु पर्ने छ। 

यसका लागि बाणिज्य बैंकहरुले तत्काल २५० तहमा शाखा बिस्तार गर्ने भएका छन। ३ सय ३२ स्थानीय तहमा भने यसअघि नै बैंक पुगिसकेका छन्।   गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महराले सार्वजनिक गरेको बजेटमा आगामी आर्थिक बर्ष सबै स्थानीय तहमा बैंक पुर्याउने घोषणा गरेका हुन। त्यसपश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल बैंकर संघले ४६ नगरपालिका र २०४ गाउँपालिकामा बाणिज्य बैंकको शाखा खोल्न प्रस्ताब पेश गरेका छन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved