एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा मनिषा कोइराला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:23:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले नायिका तथा समाजसेवी मनीषा कोईरालालाई ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरेको छ। बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा आगामी दुई बर्षको लागि कोइरालालाई ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरेको जनाएको छ। 

यस सम्बन्धि सहमतिमा बैंक र कोइरालाबीच आज सम्झौता भएको हो। 'बैंकिङ क्षेत्रको इतिहासमा पृथक पहिचान स्थापित गर्न सफल यस बैंक र करिब तीन दशकसम्मको लामो कलाकारिताको यात्राका साथ नेपाली तथा भारतीय चलचित्रहरुमा आफ्नो उत्कृट अभिनय गर्नु सफल कोइरालाबीचको अनुबन्धनले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग पुग्ने बिश्वास लिएका छौं' बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

कोइराला अनुबन्धित भएबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत राष्ट्रसेवामा सर्मपित हुन थप उर्जा मिल्ने विश्वास लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved