जनता बैंकले सिद्दार्थलाई गाभेर एकीकृत कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 14, 2017 | 09:20:08 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्त गरी आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। जनता बैंकले सिद्दार्थको सम्पूर्ण सम्पति र दायित्व बेहोर्ने गरि १ बराबर १ को स्वाप अनुपातमा गाभेर शुक्रबार असार ३० गतेदेखि एकीकृत कारोबार थालेको हो। 

जनताले सिद्दार्थलाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट क्रमश: असार २० र २५ मा अन्तिम स्वीकृती पाएको हो।सिद्दार्थलाई प्राप्ती पश्चात जनता बैंकको चुक्ता पुंजी ७ अर्ब नाघ्नेछ भने करिब ५० अर्बको निक्षेप र ४५ अर्बको कर्जा प्रवाह हुनेछ। त्यस्तै कुल शाखा संख्या ११३ पुग्नेछ। 

३ वटा संस्थाको (जनता बैंक, त्रिबेणी विकास बैंक र सिद्दार्थ डेभलपमेन्ट बैंक) नाफा र पुँजीगत जगेडा कोष समेत गर्दा जनता बैंकले १ अर्ब   रुपैयाँको बोनस सेयर दिएर चुक्ता पुंजी ८ अर्ब पुर्याउदै छ। चालु आर्थिक बर्षबाट १ अर्ब रुपैयाँको भन्दा बढीको बोनस सेयर दिएर जनता बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ।    

  

जनता बैंकका सीईओ भन्छन-'१ अर्बको बोनस सेयर दिएर चुक्ता पुंजी ८ अर्ब पुर्याउदै छौ' (अन्तर्वार्ता)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved