राष्ट्रिय वाणिज्य बैकद्धारा बागमती सफाइ अभियानलाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 03:57:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले बागमती सफाइ अभियानलाई सहयोग उपलब्ध गराएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत बागमति सफाई अभियानका स्वयम सेवकहरुलाई गमबुट, टोपी, बाक्लो पन्जा लगायतको सामग्री सहयोग गराएको हो। 

सरकार र नागरिकको संयुक्त रुपमा संचालित बागमती सफाइ महाअभियानको २१७ औं हप्ताको अवसरमा बैंकका नायब महाप्रवन्धक सुशिल श्रेष्ठले सहरी विकास मन्त्री प्रभु साहलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरे। सामग्री ग्रहण गरेपछि मन्त्री साहले हरेक संस्थाहरुले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरी समाज सेवाको लागि केही रकम खर्च गर्नुपर्ने बताए।  

बागमती सफाइ अभियानको तर्फबाट अभियन्ता टंक आचार्यले राष्ट्रिय वाणिज्य बैंकले बिगत देखिनै संस्थागत सामाजीक उत्तरदायित्व निर्वाह अन्तर्गत समाजमा विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए। सो कार्यक्रममा बैंकका तर्फबाट विभागीय प्रमुखहरु नरेश अर्याल, देवेश लोहनी, प्रवन्धक राजकुमार थापा, बागमती सफाइ अभियानका अभियन्ता किशोर सिंह शाही, किशोर थापा लगायतको उपस्थिति रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved