एनआइसी एसिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 04:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले पोखरास्थित पोखरा विश्वविद्यालयको परिसरमा करिब ६०० विरुवाहरुको वृक्षारोपण गरेको छ। बैंकको लेखनाथ शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान लक्ष्य सहित वृक्षारोपणमा सहयोग गरेको हो। 

बैंकले देशभरी रहेका आफ्ना शाखा कार्यालयहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको प्रमुख सुचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन।   । 

यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याउने विश्वास लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved