राष्ट्र बैंकले गर्ने सरकारी कामको जिम्मा आजबाट निजि बैंकलाई,४ ठाउँको काम ग्लोबल आइएमईबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 06:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकको जिल्लास्थित कार्यालयले गर्दै आएको सरकारी कारोबारको कामको जिम्मेवारी पाएका छन। बाणिज्य बैंकहरुलाई साउन १ देखि नै सरकारी कारोबार गर्न सक्नेगरि जिम्मा लगाइएको हो।   

मुख्य जिम्मेवारी सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई दिईएपनि निजि क्षेत्रका बैंकहरुले पनि काम गर्न पाएका छन। आइतबारबाट धनगढी, पोखरा, नेपालगञ्ज, जनकपुर, वीरगञ्ज  र सिद्धार्थनगर कार्यालयले पनि आन्तरिक राजश्व राजश्व र भन्सार उठाउने जस्ता सरकारी काम गर्ने भएका छन।

यहि क्रममा ग्लोबल आइएमई बैंकले आजदेखि ४ वटा आन्तरिक राजश्व कार्यालयहरुको राजश्व संकलन सेवा सुरु गरेको छ। बैंकले आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुरको राजश्व संकलन सेवा सुरु गरेको हो। 

ति स्थानमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरी राजस्व संकलन सुरु गरिएको बैंकले जनाएको छ। यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु पोखरा, इटहरी र वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ।

बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ।

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved