एनआईसी एसिया बैंकलाई इक्रा नेपालबाट उत्कृष्ट क्रेडीट रेटिङ्ग प्राप्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 09:17:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट उत्कृष्ट क्रेडीट रेटिङ्ग प्राप्त गरेको छ। बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पुंजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचकांकहरुको स्तरको आधारमा उक्त क्रेडीट रेटिङ्ग प्रदान गरिएको जनाइएको छ। 

ईक्रा नेपालबाट (ICRANP) AMC Quality (AMC3) प्राप्त गर्नुले संस्थाको कर्जा जोखिम औषत रहने तथा प्रयाप्त कर्जा गुणस्तर रहेको मानिन्छ। हाल बैंकले ११९ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउन्टरहरु तथा ७० ए टि एम सञ्जालहरुबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न स्थानहरुमा थप शाखा सञ्जाल, एक्स्टेन्सन काउन्टर तथा ए टि एम सञ्जालहरु संचालन गर्ने योजना अगाडि सारेको प्रमुख सुचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन। 

त्यस्तै 

एनआईसी एसिया क्यापिटलले इक्रा नेपालबाट (ICRANP) AMC Quality 3 (AMC3) प्राप्त गरेको छ। यस रेटिङले संस्थाको गुणस्तरीय  व्यवस्थापन प्रयाप्त रहेको मानिन्छ।

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको क्यापिटलले १ अर्बको म्युचुअल फण्डको लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । क्यापिटलले उत्कृष्ट मर्चेन्ट बैंकिङ्ग, निक्षेप सदस्य, पोर्टफोलियो ब्यवस्थापन, शेयर रजिष्ट्रार लगायत राय परामर्श सेवा प्रदान गर्ने गरेको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved