स्टान्डर्ड चार्टड बैंक नेपाल सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 09:25:13 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टड बैंक नेपाल एसिया प्यासिफिक प्रतियोगिताको पहिलो चरणको विजेतामा पर्न सफल भएको छ। अमेरिकाको न्युयोर्कमा भएको एक कार्यक्रममा ग्लोबल फाइनान्सले घोषणा गरेको अवार्डमा स्ट्यान्डर्ड चार्टडले ‘वर्ल्ड बेस्ट कन्जुमर डिजिटल बैंक’को उपाधी पाएको हो।  

प्रविधि र आउटसोर्सिङ्ग कम्पनी इन्फोसिजको उच्चस्तरीय निर्णयक मण्डलले ‘वर्ल्ड बेस्ट कन्जुमर डिजिटल बैंक’को उपाधीका लागि स्ट्यान्डर्ड चार्टड बैंकलाई छनौट गरेको हो। 

डिजिटल प्रविधिमार्फत ग्राहकलाई आकर्षित गरी सेवा दिन सक्ने रणनीति, डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफलता, डिजिटल ग्राहकहरुको वृद्धि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त लाभको प्रमाण र वेब÷मोबाइल साइट डिजाइन तथा कार्यक्षमताको आधारमा स्टान्डर्डसहितका विश्वका अरु बैंकहरु चुनिएका हुन्। स्टान्डर्डको यो अवार्ड तेस्रो हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved