नेपाल लाइफको उपशाखा झापाको गौरादहमा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 08:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाईफ इन्स्योरेन्सले झापाको गौरादहमा उपशाखा कार्यालय स्थापना गरेको छ। जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले शाखा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको र चालु आर्थिक बर्षभित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए।

'कम्पनीका आम अभिकर्ता एवं कमचारीहरुले बीमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दीगो व्यवसाय हासिल गर्ने तर्फ कार्य गर्दै आएकाले कम्पनीले यस क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो' सीईओ झाले बताए।  

कम्पनीले गत आर्थिक बर्षमा कुल बिमाशुल्क आम्दानी करिब १२ अर्ब रुपैयाँ , जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ तथा कुल लगानी करिब  ४७ अर्ब रुपैयाँ भन्दा बढि हासिल गरि समग्र जीवन बीमा क्षेत्रमा अग्र स्थान हासिल गर्न सफल भएको कम्पनी सचिब ओमप्रकाश पुडासैनीले बताए। 

    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved