एनआइसी एसियाले तीन बर्षमा तीन सय शाखा र एक हजार एटिएम पुर्याउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 03:10:42 PM मा प्रकाशित

laxmi  sunrise bank


एनआईसी एसिया बैंकले सन २०२० सम्ममा तीन सय शाखा संजाल र एक हजार भन्दा बढी एटिएम संख्या पुर्याउने रणनीति सार्वजनिक गरेको छ। बैंकले १९ बर्ष पुरा गरी २० औ बर्षमा प्रवेश गरेको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले ३ बर्ष अगाडिनै यसप्रकारको  दिर्घकालीन रणनिती तयार गरेको जानकारी दिए।

बैंक सञ्चालक समितिका अध्यक्ष जगदिश प्रसाद अग्रवालले बैंकले १९ कर्मचारी १ शाखा र ८ करोड चुक्ता पुंजी सहित एक क्षेत्रीय बाणिज्य बैंकको रुपमा नेपालको बैंकिङ क्षेत्रमा नेपाल नेपाल इन्डष्ट्रियल एण्ड कर्मशयिल बैंकको रुपमा संचालनमा आएको जानकारी गराए। त्यो बेला बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको बताउदै अध्यक्ष अग्रवालले स्थापना कालमा प्रति कित्ता १०० का दरले   १ साधारण शेयरमा लगानीगर्ने शेयरधनीले लगानीबाट हालको बजार मुल्य अनुसार तीन हजार चार सय नब्बे रुपैयाँ मुनाफा हुने अवस्था रहेको बताए ।

हाल बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ। यस अवधिमा बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार बढी तथा कर्जा ग्राहक संख्या २५ हजार बढी रहेको बैंकले जानकारी दिएको छ। साथै डिजिटल बैंकिङ सेवा लिने ग्राहक २ लाख ५० हजार बढी पुगेको जनाइएको छ।     

त्यस्तै बैंक स्थापनाकाल देखि आजसम्म अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७, बैंक अफ द इयर २०१३ अवार्डबाट सम्मानित भएको बताइएको छ। सो अवसरमा बैंकले टेलिभिजनको विज्ञापन समेत सार्वजनिक गरेको छ। 

एनआईसी बैंकको मुनाफा १ अर्ब ४७ करोड, स्थापनाको २० औ बर्षमा यस्ता छन् बैंकका '२० बिशेष योजना'

एनआइसी एसियाद्वारा बालबाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण

१ अर्ब २१ करोड मुनाफा गरेको सिटिजन बैंकको लाभांश क्षमता कती ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved