माछापुच्छ्रे बैंकद्वारा काठमाडौंको नयाँ बानेश्वरमा सरसफाई कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 11:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले काठमाडौंको नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको छ। बैंकले तेस्रो आँखा युवा क्लबको सहकार्यमा सरसफाई कार्यक्रम संचालन गरेको हो। 

बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको हो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई सहयोग गर्दै उक्त स्थानमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको जानकारी दिएको छ। 

बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको  Banking Software, Globus  बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएको बैंकको भनाई छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved