माछापुच्छ्रे बैंकले एकै दिन सुरु गर्यो ११ वटा नयाँ स्थानवाट बैंकिङ्ग सेवाको सुरुवात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 08:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले एकै पटक ११ वटा नयाँ स्थानवाट बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले साउन १६ गते एकै दिन देशका विभिन्न स्थानहरुमा ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको हो। 

बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द«नगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ भने सिराहको कल्याणपुर गाउँपालिका , तनहुंको भिमाद नगरपालिका तथा कंचनपुरको पुर्नवास नगरपालिका मा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ।

त्यसैगरी कले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।               

बैंकले शाखा शुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५% छुट दिने र लकर शुल्कमा ५०% छुट प्रदान गर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।   

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ। 

बैंकले गत आर्थिक बर्षको चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा  १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालनका लागी बिश्वमानै उत्कृष्ट मानिएको Banking Software, Globus मार्फत ग्राहकहरुलाई  अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। 

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved