एनआइसी एशियाबाट सहज रुपमा डलर सटही सुविधा उपलब्ध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 08:12:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले उच्च अमेरिकी डलरको मागका बाबजुद न्यून मात्र आपूर्ति हुँदा भएको असजतालाई सम्बोधन गर्ने उद्देश्यले डलर आयात गरेको छ।

नेपाल राष्ट्र बैंकद्वारा क वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी आफ्ना ग्राहकलाई उपलब्ध गराउन सक्ने व्यवस्था अनुरुप नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २,५०० अमेरिकी डलर सम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ।

हालका लागि काठमाडौंभित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, कीर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) तथा उपत्यका बाहिरका विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवल शाखाबाट सहज रुपमा डलर सटही सुविधा उपलब्ध गराइने एनआइसी एसिया बैंकले जनाएको छ।

विदेश जाने ग्राहकहरुलाई भिजा इन्टरनेसनल डेविट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved