प्रभु क्यापिटलले ल्यायो मोबाइल एप्स, पुंजीबजार तथा लगानीबारे सम्पूर्ण जानकारी लिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 06:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल लिमिटेडले मोबाइल एप्स सार्वजनिक गरेको छ। लगानीका बारेमा छिटो तथा सरल तरिकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले मोबाइल एप्स ल्याइएको जनाइएको छ। 

क्यापिटलले धितोपत्र बजार, शेयर तथा आफ्नो सेवा सम्बन्धि जानकारी गराउने उदेश्यले ल्याएको यो मोबाइल एप्स हालमा एन्ड्रोइड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । 

प्रयोगकर्ताले यस एप्स मार्फत डिम्याट खाता सम्बन्धी सम्पूर्ण जानकारी, हकप्रद सेयर योग्यता जांच, बोनस कर दायित्व जांच, डिम्याट अस्विकार सुची र पुंजीबजार तथा शेयरसम्बन्धी जानकारी प्राप्त गर्नेछन।       

त्यस्तै यस एप्स मार्पत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो शेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने तथा आईपीओ तथा एफपीओ को नतिजा थाहा पाउन सक्नेछन् ।

साथै आफुलाई परेको शेयर लगायत कम्पनीहरुको बोनश तथा हकप्रद शेयर खातामा जम्मा भए नभएको बारे जहाँ जुनसुकै स्थानबाट पनि सरल तरीकाले जानकारी लिन सकिने बिज्ञप्तीमा उल्लेख छ।

आफ्ना ग्राहकलाई सम्पूर्ण जानकारी दिने उदेश्य सहित क्यापिटलले हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित शेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी समेत यसै एप्स लिन सकिने कम्पनीले जनाएको छ । यसका साथै एप्स मार्फत नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने कम्पनीले जनाएको छ  

प्रभु क्यापिटलको एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस। हाललाई एन्ड्रोइड मोबाईल प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्नेछन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved