एनआईसी एसिया बन्यो 'विकट' मार्तडीमा पुग्ने पहिलो बाणिज्य बैंक, ३०० शाखा पुर्याउने लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 06:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक बाजुराको सदरमुकाम मार्तडीमा पुग्ने निजि क्षेत्रको पहिलो बाणिज्य बैंक बनेको छ। बैंकले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रममा युके एड एक्सेस टु फाइनान्स (सक्षम)संगको सहकार्यमा उक्त बिकट क्षेत्रमा शाखा कार्यालय संचालनमा ल्याएको हो।       

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बैंक र सक्षमबीच शाखा संचालनसम्बन्धि सम्झौतामा हस्ताक्षर भयो। यससंगै एनआइसी एसिया सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको हो। 

बैंकले शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार निक्षेप संकलन गरेको थियो । उक्त शाखाबाट बैंकले एक माहिनामा ३२० वटा निक्षेप खाताहरुबाट एक करोड पच्पन्न लाख नौ हजार निक्षेप संकलन गरेको छ।

बैंकले मार्तडी शाखाको अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सन २०२० सम्ममा ३०० भन्दा बढी शाखा, १००० भन्दा बढी एटिएम र १,००० भन्दा बढी शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याउने बताए ।

 'मार्तडी शाखा तथा शाखारहित बैंकिङ्ग सेवाबाट आधुनिक बैंकिङ्ग सेवाहरु विस्तार गर्ने तथा विभिन्न व्यवसायिक कृषी, लघुउद्यम, कृषी औजार, विपन्न वर्ग तथा साना व्यापार कर्जा उपलब्ध गराउने छ' -सीईओ रिसाल 

त्यस्तै सक्षमका नेपाल प्रमुख बलजित बोहराले एनआईसी एशियाको सहकार्यबाट बाजुरा जिल्लामा प्रथम निजी बाणिज्य बैंकको स्थापना भएकोमा गौरव महसुश गरेको बताउदै बैंकले थप गर्ने शाखारहित बैंकिङ्ग सेवा मार्फत करिब ४,००० जना सर्वसाधारणहरु बैंकिङ्ग सेवा बाट लाभान्वित हुने विश्वास प्रकट गरे।

कारोबार तथा ब्यापार बिस्तारलाई तिब्र बनाएको एनआईसी एसियाले हाल सम्म देशका विभिन्न स्थानहरुमा गरी ११९ शाखा, ७८ एटीएम तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved