पुनर्बीमा कम्पनी र आइएमई लाइफबीच जोखिम पुनर्बीमाका लागि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 12, 2017 | 09:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। यससंगै सरकारले स्वीकृति प्रदान गरेको दश जीवन बीमा कम्पनीमध्ये पुनर्बीमा गर्नेमा आइएमई इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ।

पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रवन्धक राकेश पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरे। 

अन्य कम्पनीहरु पनि पुनर्बिमा गर्ने तयारीमा रहेको नेपाल पुर्नबीमा कम्पनीले जनाएको छ। बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्न अनुमती प्राप्त बीमकहरु सबैलाई यस कम्पनीले आफ्नो सेवा प्रदान गर्नका लागि पत्राचार गरिसकेको छ। सर्वसाधारणको जोखिम व्यवस्थापन गर्ने बिमा कम्पनीहरुको पनि जोखिम व्यवस्थापन गर्ने काम पुनर्बिमा कम्पनीले गर्दछ।

जेखिम समूहको पुनर्बीमा व्यवस्थापन गर्न २०६० सालमा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरुको साझा संस्थाको स्वरुपमा आकस्मीक बीमा कोषको स्थापना भई संचालनमा रही आएकोमा पछि बीमा समितिबाट २०७१ मा पुनर्बीमा व्यवसाय गर्ने बीमकको रुपमा इजाजत–पत्र प्राप्त गरेको हो।

पुनर्बिमा कम्पनीले राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप पुनर्बिमा व्यवसाय गर्दै आएको छ। कम्पनीले गत आर्थिक बर्ष ३ अर्ब ५ करोड पुनर्बिमा शुल्क आर्जन गरेको छ। पुनर्बिमा कम्पनीले १७ देशको ३१ वटा पुनर्बीमकसँग पुनर्बीमा कारोवार गरी आफ्नो कारोबारलाई विश्वव्यापीकरण बनाएको जनाएको छ।       


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved