नेपाल लाइफद्वारा बीमितको परिवारलाई २४ घण्टाभित्रै दाबी रकम भुक्तानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 09:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि निधन भएकी कमलामाई नगरपालिका–.६ सिन्धुलीकाबिमित स्व दुर्गाकुमारी खड्काको परिवारलाई १० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरूप साउन २८ गते निधन भएको परिवारलाई २४ घण्टाभित्रै अर्थात साउन २९ मा नै उक्त भुक्तानी गरिएको बताएको छ।

मृत्यु दाबी रकम कम्पनीका सहायक प्रबन्धक बिरोध भट्टले मृतकका श्रीमान उदय बहादुर खड्कालाई प्रदान गरे। बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३०४ रुपैयाँमात्र बुझाएकी कम्पनी सचिब ओम प्रकाश पुडासैनीले जानकारी दिए।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved