२० बर्षसम्म पैसा नचलाए अब जफत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 07:56:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बीस बर्षसम्म चल्ती नभएको बैंक खातामा रहेको पैसा स्वत: राष्ट्र बैंकको खातामा जाने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ जारी गर्दै बीस वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप स्वत राष्ट्र बैंकको खातामा जाने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकको एकीकृत निर्देशन २०७४ अनुसार राष्ट्र बैंकको एकीकृत निर्देशन २०७४ अनुसार बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । तर ग्राहकले समयसमयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुनेछैन । साथै  बेलाबखत आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय हुँदैन ।  ग्राहकहरुले आफ्नो खातामा भएको पैसा २० बर्षसम्म नचलाए त्यस खातामा भएको पैसा राष्ट्र बैंकको 'बैंकिङ्ग विकास कोष’ मा जम्मा हुनेछ।

बैंक वा वित्तीय संस्थाले दश वर्षदेखि चल्ती नभएको वा हक दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ। साथै यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै सो सम्बन्धी विस्तृत विवरण आफ्ना वेबसाइटमा समेत राख्नु पर्नेछ।

प्रत्येक ५ बर्षमा एक पटक राष्ट्रिय स्तरको दैनिक पत्रिका र आफ्ना वेबसाइटमा राखी जानकारी गराउँदा समेत बुझ नआएमा वा हकदाबी पर्न नआएमा उक्त खातामा भएको पैसा २० बर्षपछी राष्ट्र बैंकको खातामा जानेछ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved