अब बैंक खाता बन्द गर्दा पैसा लाग्ने!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 08:23:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक खाता बन्द गर्दा शुल्क लाग्ने भएको छ। साउन ३१ गते नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ जारी गर्दै खाता खोलेको ६ महिनाभित्रमा खाता बन्द गर्नुपरेमा शुल्क तिर्नु पर्ने व्यवस्था गरेको हो।

यस अघि खाता बन्द गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था रहेकोमा राष्ट्र बैंक एकीकृत निर्देशन जारी गर्दै खाता खोलेको ६ महिना भित्र खाता बन्द गर्दा ग्राहकले शुल्क तिर्नु पर्ने व्यवस्था गरेको हो। ग्राहकहरुले अनावश्यक रुपमा वा अन्य मनसायले विभिन्न बैंकमा खाता खोल्ने कामलाई राष्ट्र बैंकको यो व्यवस्थाले निरुत्साहित पार्न खोजेको देखिन्छ। 

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप खाता खोल्दा, चेक जारी गर्दा, खाता सञ्चालन गर्दा, खाता खोलेको ६महिना पछि खाता बन्द गर्दा, स्टेटमेन्ट दिंदा वा प्राकृतिक व्यक्तिको हकमा रु दुईलाख सम्मको एबीबीएस सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाउने छैनन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा भने बैंकहरुलाई शुल्क लिन राष्ट्र बैंकले छुट दिएको छ।     

त्यस्तै बैंकहरुले निम्न अवस्थामा शुल्क लिन पाउने छैनन। 

-ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा 

-नेपाली मुद्रामा विद्युतीय कार्डहरु जारी गर्दा शुरुमा लिईने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त

-नहुञ्जेलसम्म नवीकरण शुल्क


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved