बिओकेको सीईओमा शोभनदेव पन्त नियुक्त, यस्तो छ पन्तको ३० बर्षे बैंकिङ अनुभव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 04:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पदमाश्री शोभन देव पन्त नियुक्त भएका छन। भदौ २ मा बसेको बैंकको संचालक समितिको बैठकले प्रमुख पन्तलाई ४ बर्षको लागि बिओएकेको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। 

पन्त साबिकको लुम्बिनी बैंकको प्रमुख कार्यकारी थिए। बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक आपसमा मर्जर भएर बैंक अफ काठमाण्डू बनेको हो। 

पन्तसंग ३० बर्ष भन्दा लामो बैंकिङ अनुभव रहेको छ। नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका पन्त उक्त बैंकमा प्रमुख कार्यकारीको जिम्मेवारी समेत निभाईसकेका छन। 

नेपाल राष्ट्र बैंकको वित्तीय सुधार कार्यक्रम अन्तर्गत पन्त नेपाल बैंक लिमिटेडको व्यवस्थापनमा समेत संलग्न थिए। त्यस अघि उनि नेपालबंगलादेश बैंकको प्रमुखकार्यकारी अधिकृत थिए। विभिन्न बैंकहरुमा प्रमुख कार्यकारी भई ३० बर्षदेखि बैंकिङ क्षेत्रमा रहेका पन्त एक अनुभवी, सक्षम तथा व्यवसायीक बैंकरको रुपमा परिचित छन। पन्तले भदौ ४ गते आइतबारदेखि बिओकेमा प्रमुख कार्यकारीको रुपमा आफ्नो नयाँ कार्यभार सम्हाल्नेछन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved