सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, ५ लाखसम्मको निशुल्क दुर्घटना बिमा लगायतका सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आस्वा मार्फत आइपिओ तथा एफपिओमा आवेदन गर्नेहरुका लागि लागि सिद्धार्थ बैंकले ‘मेरो सेयर खाता’ सञ्चालनमा ल्याएको छ। यो खाताबाट सरल र सुरक्षित तरिकाले आस्बा प्रणालीमार्फत सेयरमा लगानी गर्न सकिने छ।  

बैंकले 'मेरो शेयर खाता' मा निशुल्क अनलाइन आस्वा आबेदन, निशुल्क डिम्याट खाता, सिडीएसको अनलाइन आबेदन र डिम्याट खाताको बार्षिक शुल्कमा छुट प्रदान गरेको छ। साथै बैंकले यस खातामा पाँच लाखसम्मको निःशुल्क दुर्घटना बिमा लगायतका सुविधाहरु पनि दिएको छ।    यस बचत खातामा ग्राहकले ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्नेेछन्।

यो खाता खोल्नेले आफूलाई पायक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेतसम्पर्क राख्न सक्ने बैंकले जनाएको छ।

बैंकले हाल नेपालभर रहेका आना ७५ शाखा, २ एक्सटेन्सन काउन्टर, ९८ एटिएम , ७० शाखा रहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस मार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved