सेञ्चुरी बैंकको नयाँ शाखा सुदुरपश्चिमको बाजुराको मार्तडीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:31:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सो स्थानमा एटिएम सहितको शाखा कार्यालय आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ। बैंकले निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससँग एकीकृत कारोबार गर्ने जनाएको छ। 

सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आर्थिक बर्षको मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब रुपैयाँ पुँजी पुर्याउने जनाएको छ। एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन्। नेप्सेमा सुचिकृत बाणिज्य बैकहरु मध्ये सेन्चुरी बाहेकका बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरीसकेका छन्।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved