यस्तो छ १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश बिकास बैंकको वास्तविकता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 08:44:29 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश बिकास बैंकले १२ प्रतिशतको ब्याजदरमा ल्याएको 'कैलाश सेयर कर्जा' योजनाले पुंजीबजारमा मात्र नभई बैंकिङ क्षेत्रमा 'हलचल' मच्चाएको छ। बाणिज्य बैंकहरुले सेयर कर्जामा १५ प्रतिशतको दरले ब्याज लिंदै आएको अवस्थामा कैलाश बिकास बैंकले १२ प्रतिशतमा सेयर कर्जा उपलब्ध गराएर बैंकिङ क्षेत्रको नै ध्यानाकर्षण गरेको छ। 

बैंकले सार्वजनिक गरेको 'कैलाश सेयर कर्जा' योजना अनुसार ग्राहकले एक बर्षका लागि सेयरको बजार मुल्यको ५० प्रतिशतसम्म कर्जा पाउनेछन। सेयर कर्जा लिने प्रक्रिया थालेको २ दिनमा नै सेयर कर्जा पाइने बैंकले जनाएको छ। यो योजना छोटो अवधिका लागि भएको बैंकले बताएको छ। 

नेपाल राष्ट्र बैंकको सिसिडी गणना सम्बन्धी नयाँ बिधिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाब हुने चर्चाबीच ल्याइएको 'कैलाश सेयर कर्जा' योजनाले अनेक प्रश्न उत्पन्न गरेको छ। तर कैलाश बिकास बैंक स्रोतले बिजपाटीपाई दिएको जानकारी अनुसार बैंकको पोर्टफोलियो अन्तर्गत नै 'सस्तो' मा सेयर कर्जा उपलब्ध गराइएको हो। 

यस अवधिमा कैलाश विकास बैंकको कर्जा पुंजी निक्षेप अनुपात, सिसिडी अनुपात ७३ दशमलब ५९ प्रतिशत रहेको छ भने पुंजी कोष लागत ८ दशमलब ४० प्रतिशत छ। कैलाशसंग पुंजी पर्याप्तता कोष २० दशमलब १२ प्रतिशत छ। यस आधारमा बैंकसंग १ अर्ब ३१ करोड मार्जिन कर्जा लगानी गर्न सक्ने क्षमता छ। जसमा बैंकले ६७ करोड लगानी गरिसकेको छ। बैंकसंग ६३ करोड ८२ लाख लगानी रकम छ। यस मध्ये बैकले 'कैलास सेयर कर्जा' योजनाका लागि ५० करोड छुट्याएको छ। 'कैलाश सेयर लोन' योजना अन्तर्गत सेयर राखेर धितो लिन आउने पहिलो ग्राहकलाई प्राथमिकतामा राखिने बैंक स्रोतले जनाएको छ। 

कैलाश विकास बैंकले नेप्सेमा सुचिकृत राष्ट्रिय बाणिज्य बैंक बाहेकका २७ बाणिज्य बैंकको सेयर धितो राखेर सेयर कर्जा दिने बताएको छ। त्यस्तै १९ बिकास बैंक, ९ फाइनान्स, २३ इन्स्योरेन्स कम्पनी, ५ हाइड्रोपावर, ३१ लघुवित्त कम्पनी, ३ होटल र ५ वास्तविक क्षेत्रका सेयर धितो राखेर सेयर कर्जा उपलब्ध गराउने जानकारी दिएको छ।

 


कैलाश विकास बैंकको मुनाफा ५० करोड, यसरि पुर्याउंदै छ चुक्ता पुंजी २ अर्ब ५० करोड

यो पनि: 

सिसिड़ी गणनाको नयाँ नियमले तरलता अभाव हुने त्रास बढ्यो, नयाँ व्यवस्थाबारे कसले के भने ?

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved