विकास बैंकमा देखियो मर्जर नीतिको प्रभाब, एकै बर्ष थपिए ७९६ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2017 | 05:18:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको मर्जर नीतिले बैंक तथा वित्तीय संस्थाहरुको संख्या उल्लेख्य रुपमा घटेको छ भने वित्तीय संस्थाहरुको शाखा संख्या बढेको छ। 

राष्ट्र बैंकले लिएको मर्जर तथा प्राप्तिको नीतिले एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १७९ बाट १४९ मा झरेको छ। तर शाखा संख्या भने ४२७२ बाट ५०६८ पुगेको छ। एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको ७९६ वटा शाखा संख्या थपिएका छन।   


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाएर क्षमता र गुणस्तर बढाउँन लिएको मर्जर नीतिले बाणिज्य बैंकको संख्यालाई कुनै प्रभाब परेको छैन। बिकास बैंकको संख्या भने ६७ बाट ४७ मा झरेको छ। त्यस्तै बित्त कम्पनी ४२ बाट ४८ मा झर्दा लघुवित्त वित्तीय संस्था ४२ बाट ५३ वटा पुगेका छन। 

राष्ट्र बैंकले लिएको मर्जर नीतिले बाणिज्य बैंकको संख्यामा कमि आएको छैन। गत आर्थिक बर्ष बाणिज्य बैंकहरुको शाखा संख्या भने १८६९ बाट २२७४ को संख्यामा पुगेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved