नयाँ बिमा कम्पनीलाई पैसा जम्मा गर्न डेढ महिना थप, महालक्ष्मी लाइफलाई 'बिशेष राहत'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 08:14:06 AM मा प्रकाशित

laxmi  sunrise bank

बिमा समितिले नयाँ जीवन बिमा कम्पनीहरुलाई तोकिएको पुंजी जम्मा गर्न डेढ महिनाको अवधि थप गरेको छ। बिमा कम्पनी संचालन गर्ने अनुमति पाएका १० मध्येको महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुंजी जुटाउन असफल भएपश्चात अर्थमन्त्रालयको निर्देशनमा बिमा समितिले पुंजी जम्मा गर्ने अवधि डेढ महिना थप गरेको जनाइएको छ।

नयाँ जिबन बिमा कम्पनीहरुले चुक्ता पुंजी २ अर्ब मध्ये १ अर्ब २० करोड बुधबारसम्म बैंकमा एयरमार्क गरेर राख्नु पर्थ्यो। तर महालक्ष्मी इन्स्योरेन्सले भने उक्त पैसा जम्मा गर्न सकेको छैन। त्यसैले अर्थमन्त्रालयको निर्देशनमा बिमा समितिले डेढलाइन डेड महिना थप गरेको हो। समितिले गत जेठ ८ गते १० वटै नयाँ जिबन बिमा कम्पनीलाई पत्र लेख्दै ३ महिनाभित्र संस्थापकको तर्फबाट जम्मा हुनुपर्ने पैसा जम्मा गर्न र अन्य सबै प्रक्रिया पुरा गर्न निर्देशन दिएको थियो ।  

संस्थापक सेयरधनीहरुबाट हुन आउने ७० प्रतिशत पुँजी लगानी गर्नुपर्ने ब्यवस्था छ। जिबन बिमा कम्पनीहरुले संस्थापक सेयरधनीहरुको हिस्साको १ अर्ब ४० करोड रुपैयाँ बैंक खातामा जम्मा गरेको प्रमाण बिमा समितिमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ।  

लाइसेन्स पाएका नयाँ जिबन बिमा कम्पनीहरुले २० करोड रुपैयाँ वर्किङ क्यापिटल दिएर बाँकी १ अर्ब ४० करोड रुपैयाँ कम्पनीको बैंक खातामा एयरमार्क गरेर जम्मा गरेका छन। समितिले जिबन बिमा कम्पनीहरुलाई २० करोड रुपैयाँ चलाउन मिल्ने र बाँकी १ अर्ब २० करोड रुपैयाँ कम्पनीको बैंक खातामा एयरमार्क गरेर जम्मा गराएको हो ।

तोकिएको समयमा पैसा जम्मा गर्ने कम्पनीहरुमा यूनियन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स,सन नेपाल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन। १० नयाँ बिमा कम्पनी मध्ये आइएमई लाइफले भने कारोबार नै संचालन गरेको छ। आइएमइ लाइफ इन्स्योरेन्सको कारोबार सुरु, ६० करोडको आइपीओ ल्याउँदै

पाइपलाइनमा आएका सबै कम्पनी संचालनमा आउन भन्ने उदेश्यले भदौ ७ गते नै बीमा समितिलाई पत्र लेख्दै सेयर पुँजी जम्मा गर्न ४५ दिन समय थप्न निर्देशन दिइएको स्रोतले बताएको छ। 'अर्थमन्त्रालयको पत्रको आशय महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पुंजी जम्मा गर्न समय थप दिनु भन्ने नै हो' स्रोतले बताएको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved