सिसिडी रेसियो गणनामा राष्ट्र बैंक बन्यो 'लचिलो', दियो यस्तो स्पष्टीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 12:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कर्जा पुंजी निक्षेप (सिसिडी रेसियो) अनुपात गणनालाई परिमार्जन गर्दै केहि खुकुलो बनाएको छ। राष्ट्र बैकले यस अघिको अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न नपाइने व्यवस्थालाई परिमार्जन गर्दै नयाँ निर्देशन जारि गरेको हो। 

राष्ट्र बैकको नयाँ निर्देशन अनुसार अन्तरबैंक निक्षेप भन्नाले ईजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई दिएको कर्जा/सापटी रकम सोही संस्थामा निक्षेपको रुपमा राखेको रकमलाई जनाउनेछ । 


राष्ट्र बैंकको यस अवस्था अनुसार अब कुनै 'एबिसी' नाम गरेको बिकास बैंकले 'एक्सवाईजेट' नामको बैंकबाट कर्जा तथा सापटी लिएको रकम सोहि 'एक्सवाईजेट' नामको बैंकमा नै निक्षेप राखेको अवस्थामा सो रकमलाई सिसिड़ी रेसियोमा गणना गर्न पाइने छैन। 

राष्ट्र बैंकको मौद्रिक नीति अनुसार सिसिडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई स्रोतमा परिचालन गर्न पाइने व्यवस्था थियो। तर राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत उक्त व्यवस्थालाई खारेज गर्दै सिसिडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई स्रोतमा परिचालन गर्न नपाइने बनाएको थियो।

राष्ट्र बैंकको एकीकृत निर्देशनमा 'सिसिडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई स्रोतमा परिचालन गर्न नपाइने' व्यवस्थाले बिशेषत विकास बैंक र फाइनान्स कम्पनी प्रभावित हुने भएपछी विकास बैंक तथा फाइनान्स कम्पनीले यस व्यवस्थालाई परिमार्जन गर्नु पर्ने माग राख्दै आएका थिए।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved