जनता बैंकद्वारा केन्द्रिय बहिरा क्याम्पसलाई ५ लाख सहयोग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2017 | 09:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले बहिरा अपाङ्गता भएका विधार्थीहरुले सांकेतिक भाषाको माध्यमबाट निःशुल्क अध्ययन गर्ने केन्द्रिय बहिरा क्याम्पस, नक्सालको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले उक्त रकम बराबरको चेक बहिरा क्याम्पस संचालक समितीका अध्यक्ष प्रा.डा. प्रभा कुमारी हमाललाई हस्तान्त्रण गरे। बहिरा क्याम्पस जस्ता संस्थाहरुलाई सहयोग गर्नु बैंकको नीति रहेको र भविष्यमा पनि संस्थागत सामाजिक उत्तरदायित्वलाई बढावा दिंदै जाने डिपुटी सीईओ मिश्रले बताए।    

त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन लिई श्रवण क्षमता गुमेर उच्च शिक्षाको अवसरबाट बञ्चित हुनु परेका बहिरा समुदायका छात्रछात्राहरुलाई  सांकेतिक भाषाका माध्यमबाट अध्ययन गराउने उक्त सामुदायिक क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धी तथा व्यवस्थापन सुधारको लागि उक्त रकम हस्तान्तरण गरिएको हो।

दुई बलिया बिकास बैकलाई मर्जर तथा प्राप्ति गरी पछिल्लो समय उल्लेख्य प्रगति गरेको जनता बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्याम्पसलाई आर्थिक सहयोग गरेको हो।    


बैंकको वित्तीय अवस्था 

जनता बैंकले गत आर्थिक बर्ष ६४ करोड १८ लाख २५ हजार खुद मुनाफा आर्जन गरेको छ। जनतामा मर्ज तथा प्राप्ती हुँदासम्मको अवस्थामा त्रिबेणी बिकास बैंकको खुद मुनाफा १० करोड २४ लाख ९० हजार र सिद्दार्थ डेभलपमेन्टको खुद मुनाफा ३४ करोड ३२ लाख ५० हजार रहेको छ। उक्त कमाईलाई जनता बैंकले जगेडा कोषमा राखेको छ। यदी त्रिबेणी, सिद्दार्थ र जनता बैंकको खुद मुनाफा एकीकृत गरेर देखाएको भए जनता बैंकको गत आर्थिक बर्षको खुद मुनाफा १ अर्ब ८ करोड ७५ लाख ७० हजार हुन्थ्यो।  

यस अवधिमा जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८२ करोड २१ लाख रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ ४४ करोड ६ लाख १३ हजार रहेको छ। त्यस्तै जनताले ५० प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्री गर्दा  १६ करोड ५१ लाख ३० हजार प्रिमियम संकलन भएको छ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियम संकलनको रकमको आधारमा जनता बैंकसंग १६ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ। यद्दपी उसले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। १५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved