लगानी कोषको बोनस सेयर स्वीकृत, अशोक बुढाथोकी सहित दुई जना संचालक समितिमा चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 07:07:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २१ दशमलव ०८ प्रतिशत बोनस सेयर दिने भएको । शुक्रबार सम्पन्न भएको कोषको   २१ औ बार्षिक साधारण सभाले शो प्रस्ताव स्वीकृत गरेको छ । कोषले प्रदान गरेको बोनस सेयरको कर प्रयोजनका लागि १ दशमलव १५ प्रतिसत नगद लाभांस पनि साधरणसभाले अनुमोदन गरेको छ। 


कोषले आर्थिक वर्ष २०७१र ७२ मा गरेको मुनाफाबाट यो लाभांस प्रदान गरेको हो । कोषले उक्त आर्थिक वर्षमा ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको थियो। त्यो त्यस अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि भएको कोषले शुक्रवार जारी प्रेस विज्ञप्तिमा छ। कोषले उक्त आर्थिक वर्षमा १८ करोड ६१ लाख ४६ हजार रुपैयाँ  खुद नाफा गरेको थियो।  

यसैगरी साधारण सभाले कोषमा नयाँ संचालक समेत चयन गरेको छ। सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र बित्तीय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेशकुमार अग्रवाल निर्विरोध  निर्वाचीत भएका छन । निर्विरोध निर्वाचित भएका अशोक बुढाथोकी सेन्चुरी बैकमा गाभिएको सविकको सगरमाथा फाइनान्सका नायब कार्यकारी प्रमुख अधिकृत हुन । सञ्चालन समितिमा ८ जना सदस्य रहनेछन । जसमध्ये सर्वसाधरण सेयरधनीको तर्फबाट, नेपाल सरकारको तर्फबाट, बैँकको तर्फबाट, विमा कम्पनीको तर्फबाट तथा नेप्सेको तर्फबाट समितिमा सदस्य  रहने गरेको छ । निर्वाचित सञ्चालकको अवधि पाँच बर्ष रहनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved