जनता बैंक नेपालले प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा २५ लाख रुपियाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष केशबवहादुर रायमाझीले प्रधानमन्त्री शेरवहादुर देउवालाई आज उक्त रकम हस्तान्तरण गरेका हुन् ।
गत साउन महिनामा भएको भारी बर्षाको कारण मुलुकको बिभिन्न भुभागमा बाढी तथा पहिरोको प्रकोपबाट पिडित जनतालाई राहत र पुनस्र्थापनामा सहयोग÷सहकार्य गर्नु मानविय कर्तब्य र सामाजिक उत्तर दायित्व महसुस गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा सहयोग उपलब्ध गराउने निर्णय अनुसार आज उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
उक्त सहयोग रकम बैंकका कर्मचारीहरुले आ–आफ्नो एक दिनको पारिश्रमिक, बैंकका संचालकहरुले जनही रु. १० हजार तथा बैंकका तर्फबाट समेत गरी एकमुष्ठ प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा सहयोग उपलब्ध गराइएको हो । बैंकले यो सानो सहयोगले केहि मात्रामाभएपनि राहतकार्यमा सघाउपुग्ने बिश्वास राखेको छ ।