15 Dec, 2017 | २९ मंसिर २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनकबहादुर अधिकारी

Posted on:October 09, 2017

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा जनकबहादुर अधिकारी चयन भएका छन्। कम्पनीको १०६ औं संञ्चालक समिति बैठकले अधिकारीलाई  सर्वसम्मतले अध्यक्ष पदमा चयन गरेको हो। 

अधिकारीले २०७३ असोज १२ देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। हाल उनी नेपाल राष्ट्र बैंक थापाथलीका कार्यकारी निर्देशक रहेका छन्।

कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट  एक एक जना प्रतिनिधि रहेका छन्।

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३,१८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको एनसिएचएल इसीसी प्रणालीमार्फत राफसाफ हुँदै आएको छ भने ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने कम्पनीको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-ECC बाट हाल ६६ बैंक तथा वित्तीय संस्थाहरु मार्फत कारोबार हुँदै आएको छ ।

Share your thoughts!

Loading...

Trending