सानिमा बैंकको ४७ औ शाखा काठमाडौँको गौशालामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 10:34:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले आफ्नो ४७ औ शाखा काठमाडौँको गौशालामा स्थापना गरेको छ  । बैंकले बुधबार शाखा स्थापना गरी  बैंकिङ्ग सेवा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन् सानिमा बैंकका अध्यक्ष  विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय   मदन कृष्ण श्रेष्ठ र   हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका हुन्।

उद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष   विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत   भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे  ।  समारोहमा मह जोडीले गौशालामा सानिमा बैंक संचालनमा आएकोमा गौशालावासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे  ।


सानिमा बंैकको उक्तशाखा समेतगरी मेची देखि महाकालीसम्म ४७ वटाशाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved