एनबिआई र जनता बैंकबीच तालिम संचालन सम्झौतामा हस्ताक्षर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 12:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड  एनबिआई र जनता बैंक नेपाल लिमिटेड बिच कर्मचारी तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यहि मिति २०७४ असोज २४ गते भएको संझौता अनुसार एनबिआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । आ. व. २०७४÷७५ मा एनबिआई ले जनता बैंकका विभिन्न तहका कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि रु. ५० लाख बराबर रकमको विभिन्न विषयमा तालिम आयोजना गर्ने गरी संझौता सम्पन्न भएको हो । 

  सम्झौतापत्रमा जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैंकले यस कार्यक्रमबाट बैंङ्किङ क्षेत्रको दक्ष जनशक्ति विकासमा महत्वपूण उपलिब्धी हासिल हुने अपेक्षा राखेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved